Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

मन्त्रीपरिषद् बैठकका पाँच निर्णय

मन्त्रीपरिषद् बैठकका पाँच निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १६:५७:०६ बजे
  • 559
    SHARES
  • मन्त्रीपरिषद् बैठकका पाँच निर्णय

    सरकारले राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    images

    मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रीपरिषद्को पुष ८ गतेका बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

    यस्तै मन्त्रीपरिषद्ले औधोगिक तथा लगानी प्रवद्र्धन कोष स्थापना गर्ने, बिधायन व्यवव्स्थापन समिति बिधेयक पेश गर्न सैद्धान्तीक स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

    त्यस्तै हुलाक बस्तुको महशुल दररेट पुनरावलोकन गर्ने र बैदेशिक द्रूत डाँकसेवा (इएमएस) दस्तुर पुनरावलोकन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

    त्यस्तै बैठकले क्रिसमस डेको अवसरमा पुष १० गते सार्वजनिक विदा दिने, संगठन तथा व्यवस्थापन सर्भेक्षणका लागि पूर्व स्वीकृति दिने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मन्त्रीपरिषद् बैठक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology