Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १७:०१:१२ बजे
  • 718
    SHARES
  • गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको बताएका छन् ।

    images

    शुक्रबार नेकपा मसाल (सम्पर्क केन्द्र) सँग भएको एकता कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले अहिले पनि देशमा दुइटा विचार र वर्गबीच ध्रुवीकरण देखा परिरहेको र गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको बताएका हुन् ।

    संविधान, लोकतन्त्र र त्यसका मूलभूत मान्यतालाई लत्याउँदै संविधान खारेज गर्ने र परिवर्तन उल्ट्याउने गरी कदम चालिएको भन्दै उनले अहिले पनि आवश्यक परे ठूलो क्रान्ति गर्न तयार रहेको जिकिर गरे ।

    प्रचण्डले कम्युनिष्ट एकता चाहना हुदाहुदैपनि जोगाउन नसकिएपनि फेरि एकता प्रक्रियामा अघि बढेको बताए । कार्यक्रममा प्रचण्डले अवको निर्वाचनमा को बिजयी हुन्छ भन्ने थापा पाउने भन्दै माओवादीहरुलाई हल्का रुपमा नलिन चेतावनी दिए ।

    उनले मसाल सम्पर्क केन्द्रसँगको एकता रणनीतिक नभएको भन्दै सैद्धान्तिक र विचारधारात्मक रुपमा एकीकरण भएको जिकिर गरे ।

    एकता सभामा मसाल सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले अहिलेको आवश्यकता एकता नै भएको भन्दै माओवादी केन्द्रसँग विचार मिलेकाले एकता भएको धारणा राखे ।

    मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुमा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । सोही समूह माओवादी केन्द्रमा विलय भएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology