Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा एकीकृत समाजवादीको प्रदेश २ को नामकरण प्रस्तावमा एमालेको समर्थन

नेकपा एकीकृत समाजवादीको प्रदेश २ को नामकरण प्रस्तावमा एमालेको समर्थन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १७:१६:०५ बजे
  • 883
    SHARES
  • नेकपा एकीकृत समाजवादीको प्रदेश २ को नामकरण प्रस्तावमा एमालेको समर्थन

    प्रदेश २ को नामकरणका सम्बन्धमा नेकपा एकीकृत समाजवादी पार्टीले गरेको प्रस्तावमा नेकपा एमालेले समर्थन जनाएको छ । सुरुमा नेकपा एमालेले प्रदेशको नाम ‘जनक प्रदेश’ राख्न प्रस्ताव दर्ता गराएको थियो ।

    images

    तर नेकपा एकीकृत समाजवादीले ‘जानकी प्रदेश’ राख्न प्रस्ताव गरेपछि एमाले पनि जानकी प्रदेशकै पक्षमा उभिएको हो ।

    शुक्रवार बसेको प्रदेशसभाको आठौँ अधिवेशनको दोश्रो बैठकमा नेकपा एमालेकी सांसद शारदा देवी थापाले जानकी प्रदेशमै आफूहरुको समर्थन रहेको जनाइन् ।

    एमाले विभाजन अघि नै प्रमोद कुमार यादवले ‘जानकी प्रदेश’ र शारदा देवी थापाले ‘जनक प्रदेश’ नाम दर्ता गराएका थिए । प्रदेशसभा सदस्य शारदा देवी थापाले एमालेले पनि जानकी प्रदेशमै समर्थन जनाउने बताइन् ।

    उनले यस प्रदेशका लागि ‘जानकी’ भन्दा उपयुक्त अन्य कुनै नाम नहुने दाबीसमेत गरिन् ।

    जनककै नाममा जनकपुर नाम पर्न गएकाले जनकनन्दिनी जानकीको नाममा प्रदेशको नाम हुँदा आफूहरुलाई आपत्ति नहुने बताइन् ।

    उनले मुख्यमन्त्री लालबाबु राउतले समेत प्रदेशमा छोरीहरुका लागि विभिन्न अभियान सञ्चालन गरेको र छोरीको अधिकारका कुरा गर्ने गरेकाले पनि लैंगिक हिसाबले समेत जानकी नाम सबैभन्दा बढी उचित हुने उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एकीकृत समाजवादी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology