Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जता चरी नाच्यो, उतै काफल पाक्यो

जता चरी नाच्यो, उतै काफल पाक्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १७:३०:५५ बजे
  • 1.6K
    SHARES
  • जता चरी नाच्यो, उतै काफल पाक्यो

    गजल
    क्षमता देखियो घरी यता घरी उता,फोहोरी खेलसँगै । 

    images


    चरी नाच्यो उतै काफल पाक्यो जता,फोहोरी खेलसँगै

    लाज भन्ने कुरा बियर ह्विस्किसँग मिसाएर भुले कि त


    कुर्सीको लागि बहकिन्छन् कता कता,फोहोरी खेलसँगै। । 

    सतीले सरापेको देश भन्छन् नमिल्दो कुरा देख्दा मान्छेले 


    साँचो झुठो कुरा नागरिकलाई बता,फोहोरी खेलसँगै । 

    ज्वालामुखी बिष्फोटनको लाभाको मुस्लो जस्तै दन्काएर


    जन जनको रक्त कोषिकालाई तता,फोहोरी खेलसँगै । । 

    वडा चलाउने हैसियत नहुनेले ठूलो पद पाउदा 


    लोभीलाई नीद हराम हुने गरि सता,फोहोरी खेलसँगै । । 


                  कृष्ण थापा,तानसेन पाल्पा

  • सम्बन्धित विषय:

  • # जता चरी नाच्यो उतै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology