Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलन: प्रचण्डलाई १० प्रतिशत मनोनित गर्ने जिम्मा

नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलन: प्रचण्डलाई १० प्रतिशत मनोनित गर्ने जिम्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १८:४०:३८ बजे
  • 943
    SHARES
  • नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलन: प्रचण्डलाई १० प्रतिशत मनोनित गर्ने जिम्मा

    नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनको प्रतिनिधि टुङ्गो लगाएको छ ।

    images

    पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार साँझ बसेको माओवादी स्थायी समिति बैठकले पुस ११ र १२ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाएको हो ।

    बैठकपछि माओवादी प्रवक्ता कृष्ण बहादुर महराले नियमित प्रक्रियाबाट हुने सहभागी संख्या १४ सय ८३ जनाको टुङ्गो लगाएको जानकारी दिए ।

    त्यस्तै प्रतिनिधि बन्नेको चाप बढेकाले कुल संख्याको १० प्रतिशत मनोनित गर्ने निर्णय बैठकले गरेको र यसको जिम्मा पार्टी अध्यक्षलाई दिइएको महराले जानकारी दिए ।

    उनले १ सय ४८ जना मनोनित प्रतिनिधि हुने बताए । यसअघि शुक्रबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

    माओवादी स्थायी कमिटी बैठक शनिबार दिउसो पुन बस्ने प्रवक्ता महराले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology