Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

गाउँगाउँमा राजनीतिक दलले बालबालिका प्रयोग बढ्यो

गाउँगाउँमा राजनीतिक दलले बालबालिका प्रयोग बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १८:५०:२४ बजे
  • 388
    SHARES
  • गाउँगाउँमा राजनीतिक दलले बालबालिका प्रयोग बढ्यो

    राजनीतिमा संख्या बढी देखाउनका लागि जाजरकोटका गाउँगाउँमा पार्टी प्रवेश गराउनेदेखि विभिन्न राजनीतिक कार्यक्रममा बालबालिकाको प्रयोग बढिरहेको छ ।

    images

    ठूला दलको अधिवेशन चलिरहेको समयमा सबैभन्दा बढी बालबालिका नै प्रयोग गरेको देखिन्छ । सभा, सम्मेलन र विरोधका कार्यक्रममा बालबालिकाको प्रयोग अत्याधिक हुँदै आएकोमा अब दल प्रवेश कार्यक्रमसमेत बालबालिकालाई प्रयोग गरिन थालिएको छ ।

    दलनिकट विद्यार्थी संगठनले आफ्ना माउ पार्टीको नेता सहभागी हुने कार्यक्रममा पनि बालबालिका तथा विद्यार्थीलाई समेत विद्यालयमा जम्मा गरेर विद्यार्थी संगठन विस्तार गर्ने र दल त्याग गर्न लगाई प्रवेश गराएको अभिभावकहरूले गुनासो गर्न थालेका छन् ।

    बालबालिकालाई शिक्षा र राम्रो संस्कार दिने उमेरमा राजनीतिमा लगाएर भविष्य बर्बाद गर्न खोजेको बारेकोट गाउँपालिका– ४ का सुरेन्द्र सिंहले बताए ।

    ‘पढ्ने, लेख्ने उमेरमा राजनीतिक कुरामा बालबालिकालाई प्रयोग गरेर खण्डित गरी भविष्य बर्बाद गराउने काम हुनु गलत छ ।

    यसको जती विरोध गरे पनि कम हुन्छ,’ उनले भने, ‘बालबालिका भनेका काँचो माटो हुन् । उनीहरूलाई जुन संस्कार दियो, सोहीअनुसारको चेतनामा वृद्धि हुन्छ ।’

    विद्यालयका शिक्षकहरू समेत आफ्नो विचार मिल्ने दललाई सहयोग गर्न कार्यक्रममा विद्यार्थी पठाउने गरेको अभिभावकको गुनासो छ ।

    आफ्ना छोराछोरीलाई देशविदेशका महंगो विद्यालयमा पढाउउने नेताहरूले जनताका छोराछोरीलाई भने राजनीतिक कार्यक्रममा समावेश गराएर उनीहरूको भविष्यमाथि खेलवाड गरेको नलगाड नगरपालिका–८ का नरबहादुर विकले बताए ।

  • सम्बन्धित विषय:

  • # गाउँगाउँमा राजनीतिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology