Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिकासका आयोजना अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

बिकासका आयोजना अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १८:५३:४७ बजे
  • 1.5K
    SHARES
  • बिकासका आयोजना अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

    जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्राथमिकताका आधारमा बिकासका आयोजना अघि बढ्नुपर्ने बताएका छन् ।

    images

    शुक्रबार काठमाडौंमा एकीकृत प्रगतिशिल इन्जिनियर समूहले नेपाल इन्जिनियर्स एशोसियसनको परिषद् सदस्य निर्वाचनमा उम्मेद्वारी घोषणा कार्यक्रममा भट्टराईले मुलुकको बिकासको आधारलाई अघि बढाउनका लागि प्राथमिकताका आधारमा बिकासका आयोजना अघि बढ्नुपर्ने बताएका हुन् ।

    उनले यसअघि केपी ओलीले नेतृत्वको सरकारले जनताको प्राथमिकतामा नपर्ने आयोजनालाई अघि बढाउन खोजेको आरोप लगाए ।

    अहिले पानीजहाजभन्दा मुलुकको सबै स्थानमा गुणस्तरिय सडक बनाउनुपर्ने उनको भनाई छ । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सवै नेपाली नागरिकलाई समान व्यबहार हुनुपर्ने धारणा राखे ।

    देशमा आमाबुवा जन्मसिद्ध नागरिकता लिएका भएपनि उनीहरुको सन्तानले राज्यको बिभेदकारी नीतिकै कारण नागरिकता पाउन नसकेको बताए ।

    त्यस्तै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मुलुकको बिकासको मेरुदण्ड बन्न इन्जिनियरहरुलाई सुझाव दिए । इन्जिनियरहरुको गठबन्धनलाई हार्ने छुट नभएको भन्दै जिताउनका लागि जुनसुकै सहयोग गर्न आफूहरू तयार रहेको उनको भनाई छ ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टीनिकट इन्जिनियरको प्यानल घोषणा गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # डा.बाबुराम भट्टराई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology