Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७८ शनिवार • ०९:५२:४५ बजे
  • 775
    SHARES
  • आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

    images

    पार्टी मुख्यालय पेरिस डाँडामा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम राष्ट्रिय सम्मेलनका लागि पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आजको बैठकमा थप छलफल र अध्ययन हुने बताइएको छ ।

    यसअघि शुक्रबार बसेको बैठकले पुष ११ देखि १३ गतेसम्म हुन गइरहेको प्रथम राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि टुंग्याएको छ ।

    माओवादी केन्द्रका पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनका लागि नियमित प्रक्रियाबाट आउने एक हजार चार सय ८३ जना प्रतिनिधि टुंग्याउने निर्णय भएको बताए ।

    जसमा आयोजक, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकारहरु सबै रहने जनाइएको छ । त्यसैगरी, यसअघि ५ प्रतिशत प्रतिनिधि मनोनित गर्ने बताइए पनि पार्टी एकताको प्रक्रियामा आउने संख्या पनि जोडेर दश प्रतिशत प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए ।

    यसको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ ।

    शुक्रबार बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका हुन् ।

    अहिले विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ । तर अध्यक्ष प्रचण्डले पदाधिकारी १५ बनाउने प्रस्ताव बैठकमा गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology