Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

आगामी चुनावसम्म संसद अवरोध हुन्छ:ओली

आगामी चुनावसम्म संसद अवरोध हुन्छ:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७८ शनिवार • १६:५२:१० बजे
  • 1.4K
    SHARES
  • आगामी चुनावसम्म संसद अवरोध हुन्छ:ओली

    प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही गरेका १४ सांसदहरुलाई सभामुखले कारबाही नगरेसम्म संसद अवरोध जारी राख्ने बताएका छन् ।

    images

    शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुले संसद अवरोध कहिलेसम्म भनेर राखेको प्रश्नमा अध्यक्ष ओलीले ‘आगामी चुनावसम्म’ भनेर जवाफ दिएका छन् ।

    सञ्चारकर्मीको प्रश्न थियो– संसद अवरोध कहिलेसम्म ? अध्यक्ष ओलीको जवाफ थियो– चुनावसम्म । त्यसपछि पत्रकारहरुले थप प्रश्न गरे– चुनाव अगाडिसम्म संसद चल्दैन त ?

    अध्यक्ष ओलीले प्रश्नको जवाफमा बलजफ्ती संसद चलाइएकोले संसद अवरोध भइरहेको सुनाए । उनले भने, ‘चलिरहेको छ त, हामीले विरोध गरिरहेका छौं, संसद चलिरहेको छ ।

    बलजफ्ती गर्ने बानी परेकाले बलजफ्ती गरिरहेका छन् ।’ गत भदौमा एमालेले १४ सांसदलाई पार्टीबाटै निष्कासन गरेर कारबाही पत्र सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी दिएको थियो । 

    सभामुख सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै एमालेले निरन्तर कारबाहीको मागसहित संसद अवरुद्ध गर्दै आएको छ ।

    एमालेले २३ भदौदेखि हालसम्मको संसद् बैठकसम्म लगातार संसद अवरोध गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # आगामी चुनावसम्म
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology