Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माधव नेपाल र हामी छिट्टै एक ठाउँमा हुनेछौं : प्रचण्ड

माधव नेपाल र हामी छिट्टै एक ठाउँमा हुनेछौं : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७८ शनिवार • १७:००:५८ बजे
  • 2.1K
    SHARES
  • माधव नेपाल र हामी छिट्टै एक ठाउँमा हुनेछौं : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चाँडै एकता हुने सम्भावना व्यक्त गरेका छन्।

    images

    शनिवार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले माधव नेपाल र आफूहरू ढिलो-चाँडो एक ठाउँमा हुने बताए। उनले भने, ‘माधव नेपालसँग हामी ढिलो-चाँडो एक ठाउँमा हुन्छौं।

    हामी यसअघि पनि आफैँ छुट्टिएको होइन।’

    प्रचण्डले माधव नेपाल मात्र होइन, बाबुरामलगायत विचार मिल्ने अरूसँग पनि सँगै हुने आफूलाई लागेको बताए।

    नेतृत्व भनेको औपचारिक मात्र नभई विचार र जनमत बोकेको हुनुपर्ने उनको भनाइ छ।

    ‘नेतृत्व भनेको औपचारिक मात्र होइन विचार र जनमत बोक्ने हुनुपर्छ, जसरी पनि निर्वाचन जितेर नेतृत्व सही आउँछ भन्ने पनि हुँदैन,’ उनले भने, ‘हामी बुर्जुवाले जस्तो निर्वाचन चाहँदैनौं तर हामी निर्वाचन हुनुहुँदैन पनि भन्दैनौं।’

    उनले निर्वाचन र मूल्यांकन दुवै हुनुपर्ने बताए। ‘निर्वाचन र मूल्यांकन दुवै हुनुपर्छ, हामीले हिजो यसै प्रचण्डपथ छोडियो, कुनै विकल्प ल्याइएन भन्ने हो, फेरि प्रचण्डपथ ल्याउन पर्छ भन्ने होइन,’ प्रचण्डले भने।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology