Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा तीन किराती संस्थाले संयुक्तरुपमा मनाए उधौली चाड

कुवेतमा तीन किराती संस्थाले संयुक्तरुपमा मनाए उधौली चाड

चन्द्र गाेतामे

चन्द्र गाेतामे

पौष १०, २०७८ शनिवार • २०:०८:३५ बजे
  • 2.0K
    SHARES
  • कुवेतमा तीन किराती संस्थाले संयुक्तरुपमा मनाए उधौली चाड

    कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ रसुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुलनाराका साथ आयोजित कार्यक्रम एकै साथ उधौली साकेला, चासोक तङ्नाम र रापवा श्यादर पीदार ५०८१ बिविध कार्यक्रम गरी सदा झै यस बर्ष पनि भब्यताकासाथ मनाएका छन् ।

    images

     

    किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष अरुण लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा नेपालीराजदुतावास कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई किरात राई यायोक्खा कुबेतका उपाध्यक्ष- नैना कला राई र सचिव रोशन राईले संयुक्तरुपमा संचालन गरेका थिए। कार्यक्रममा बिशिष्ट अतिथिमा एनआरएनए कुवेतका अध्यक्ष रणधोजलामा, बिशिष्ट अतिथि आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, पत्रकार महासंघकुवेतका सह-सचिव हरि वानिया लगायत कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका अधयक्षप्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यता रहेको थियो । किरात राईयायोक्खा शाखा कुवेतका अध्यक्ष मन्जित राईले स्वागत मन्तब्य द्वारा उपस्थिति सम्पूर्णलाई स्वागत गरेका थिए।

     

    सभापति, प्रमुख अतिथि र विशेष अतिथिले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दैनेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप  दिएका थिए। मन्तव्यका क्रममा प्रमुख अतिथि नेपाली दुतावास पाल्नु भएको महामहिम दुर्गा प्रसाद भण्डारीले बोल्दै प्रवासी भुमी कुवेतमा रहेरपनि आफ्ना मौलिक चाडपर्व, रिति रिवाज परम्परा जोगाउनु, मनाउन पाउनु ठुलो कुरा रहेको वताए ।"किराँतीहरुको यो राष्ट्रिय चाड मनाउन जसरी ठूलो जनमानसमा आज ३ वटा किरात संस्थाहरु एकजुट भएर लागेका छ्न यो दिगो रुपमा रहोस भन्ने कामना गरे । किराती धर्म सस्कार, सस्कृती, परमम्परा आगामी दिनमा अझै व्यापक रुपले मनाउन पाइयो भन्दै शुभकामना व्यक्त गरे। कुवेत सरकारको तर्फबाट (२ जनावरी-२०२२)देखी अनिवार्य रुपमा कोरोना विरुद्ध बुस्टर डोज खोप लगाउन सबैलाई अनुरोध गरेको हुँदा सबैले बुस्टर डोज खोप लगाउन पनि अनुरोध गरेका थिए साथै कुवेतवासि नेपालीहरुलाइ आफ्नो राहदानी नविकरणको लागि कम्तिमा १ बर्ष समय अवधि हुदै यन्त्रवाचकराहदानी (Machine Readable Passport-MRP) सकिएपछि विध्युतीय राहदानी (e-passport) को लागि निवेदन दिएर सरल र सहज रुपमा नवीकरण गर्न पनि आवाहन गरेका थिए।

    मन्तव्य दिने क्रममा कार्यक्रममा विशिष्ट अतिथिमा एनआरएनए कुवेतका अध्यक्ष रण्धोज लामा,विशिष्ट अतिथि आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ,यक्खा राइको तर्फबाट- प्रेम जिमी यक्खा,पत्रकार महासंघ कुवेत शाखाबाट हरि बानिया, सुनुवार सेवा समाजकुवेतका अध्यक्ष-लाल बहादुर सुनुवार,तमू समाज कुवेतका-उपाध्यक्ष याम गुरुङ, NRNA आइसिसी सदस्य- हरि लावती,तामाङ घेदुङ कुवेतका अध्यक्ष-नारायण घलान लगायतले शुभकामना ब्यक्तगरेका थिए ।

    कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच,लिम्बूहरुको मौलिक नाच केलाङ नाच रसुनवारहरुको मौलिक झाँकी श्याँदर नाच,सांगातिक प्रस्तुतिहरु रहेको थिए। भने तीनवटा किरात संस्थाका कलाकारहरुले एकल गीत एकल नृत्य युगल तथा सामुहिक नृत्य गरी  उधौली,कार्यक्रमलाई सुगन्ध भर्ने काम साथै कार्यक्रमा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलएको थिए।आयोजकको तर्फबाट कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजनको ब्याबस्था पनि गरिएको थियो।

    अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापति अरुण लिम्बुले कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउनबिभिन्न तवरले आर्थिक भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी, पत्रकारहरु, तीनवटै संस्थाका पदाधिकारी सदस्यहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology