Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रको रााष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत,काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आजबाट सुरु

माओवादी केन्द्रको रााष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत,काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आजबाट सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७८ आइतवार • ०९:३३:०७ बजे
  • 1.0K
    SHARES
  • माओवादी केन्द्रको रााष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत,काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आजबाट सुरु

    महाधिवेशनमा परिणत हुने भनिएको नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदैछ । आउँदो मंगलबारसम्म चल्ने महाधिवेशन काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु हुन लागेको हो ।

    images

    नयाँ नेतृत्व चयन गर्ने सम्मेलनका लागि देशभरका प्रतिनिधि राजधानी काठमाडौं आइसकेका छन् । आठौं महाधिवेशनमा परिवर्तन गरिएको प्रथम राष्ट्रिय सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुनेछ ।

    सम्मेलनमा १६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । जसमा १४८ जना अध्यक्ष पुष्पकमल दाहालले मनोनित गरेका छन् ।

    यसअघि शनिवार अबेरसम्म बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय पनि पारित गरेको छ ।

    आज बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय समितिको बैठकले भने यसबारे आधिकारिक निर्णय गर्ने बताइएको छ ।

    बिचारको बहस गर्ने भनेर डाकिएको राष्ट्रिय सम्मेलनले अब महाधिवेशनमार्फत नेतृत्वको बारेमा पनि छलफल गर्ने बाटो खुल्ला हुने संकेत गरेको छ ।

    २१औं शताब्दीको समाजवादको नेपाली बाटो कस्तो हुने भन्ने बिषयमा छलफलका लागि सम्मेलनको आयोजना गरेको राजधानीका विभिन्न मिडियाका पत्रकारसँग बताएका पार्टीका अध्यक्षले एक्कासी महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

    अब गर्ने भनिएको महाधिवेशन आठौँ महाधिवेशन हुने बताइएको छ । स्थायी कमिटी बैठकपछि पेरिसडाँडामा प्रवक्ता कृष्णबहादुर पनि महराले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको बताए ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology