Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली कांग्रेसमा वरीयता विवाद

नेपाली कांग्रेसमा वरीयता विवाद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७८ आइतवार • १०:४१:५३ बजे
  • 766
    SHARES
  • नेपाली कांग्रेसमा वरीयता विवाद

    नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने निर्णय गरेको छ ।

    images

    सानेपास्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले पार्टीलाई महाधिवेशनपछि एकताबद्ध गरेर अघि बढ्नेसहितका पाँच निर्णय गरेको हो ।

    पहिलो बैठकबाटै तीन संशय पनि उब्जिएको छ । १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइरालालाई सभापति शेरबहादुर देउवाले पहिलो बैठकमा नै साथ लिने प्रयास नगरेको भन्दै वरीयतामा गुनासो देखिएको हो ।

    देउवाले पदाधिकारीसहित नेताहरूको वरीयताक्रम तोक्दा कोइरालालाई २०औं नम्बरमा पारेका छन् । बैठकको माइन्युटमा कोइरालाको नाम २०औं नम्बरमा थियो ।

    ‘सभापतिमा निर्वाचित देउवाले पहिलो बैठकमा नै शेखर कोइरालालाई समेट्ने प्रयास गर्नुभएन, बैठकबाट निर्णय गरेर मात्रै हुँदैन,

    व्यवहारले पार्टीलाई एक ढिक्का बढाउँछ कि बनाउँदैन भन्ने कुरा सुरुबाट नै देखिनुपर्छ, त्यसो भएन, वरीयतामा कोइरालालाई विगतको अभ्यासबाट पन्छाइयो,’ कांग्रेसका नव निर्वाचित एक पदाधिकारीले राजधानीसँग भने ।

    याे खबर राजधानी दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology