Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा अन्नपूर्ण केबलकार परीक्षण सफल, अंग्रेजी नयाँ वर्षदेखि सञ्चालन

पोखरामा अन्नपूर्ण केबलकार परीक्षण सफल, अंग्रेजी नयाँ वर्षदेखि सञ्चालन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७८ आइतवार • १०:४३:४६ बजे
  • 2.2K
    SHARES
  • पोखरामा अन्नपूर्ण केबलकार परीक्षण सफल, अंग्रेजी नयाँ वर्षदेखि सञ्चालन

    पोखरामा निर्माण सकिएको अन्नपूर्ण केबलकारको परीक्षण सफल भएको छ । पोखरा १८ सेदीदेखि पर्यटकीय क्षेत्र सराङकोट जाने गरी निर्माण गरिएको केबलकार अंग्रेजी नयाँ वर्षदेखि खुला गर्ने तयारी छ ।

    images

    कोभिड महामारीका कारण निर्धारित मितिभन्दा १ वर्ष ढिलो गरी केबलकार निर्माण सकिएको सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।

    केबलकारमा जडान भएका गण्डोला (यात्रु बोक्ने डिब्बा) र टावरहरुको परीक्षण गर्न जापानबाट ७ जनाको टोली पोखरा आएको छ ।

    अन्तराष्ट्रिय मापदण्डअनुसार सबै चरण पार गरेपछिमात्र व्यावसायिक रुपमा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । लोड परीक्षण करिव सकिएको कम्पनीले जनाएको छ ।

    २.४ किलोमिटर लम्बाइको केबलकारका १८ वटा टावर छन् भने एउटा सामान बोक्नेसहित १८ वटा गण्डोला राखिएको छ । प्रत्येक डब्बाले ८ जना यात्रु ओसार्न सक्छ ।

    केबलकार सञ्चालनमा आउँदा २५ जना भन्दा बढीले रोजगारी पाउने छन् । माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेनसहितको संरचना निर्माण भएको छ ।

    केबलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने विश्वास लिइएको छ । केबलकारमा यात्रा गर्दा एकैपटक हिमाल, ताल, हरियो वन र पोखराको मनोरम दृश्य अवलोकन गर्न पाइनेछ ।

    केबलकार निर्माणमा २ अर्ब रुपैयाँ भन्दा बढी खर्च भएको निर्माण कम्पनीले जनाएको छ । केवलकारमा चढ्दा नेपालीहरुले दोहोरो शुल्क ६ सय रुपैयाँ तिर्नुपर्छ भने स्थानीय, विद्यार्थी तथा जेष्ठ नागरिकलगायतका लागि विशेष छुट दिइने त्रिपाठीले बताए । उनकाअनुसार विदेशीले यही केवलकारमा ७ सय र ८ सय रुपैयाँ भाडा तिर्नुपर्छ ।

    एसियन नागरिकलाई ७ सय र अन्य मुलुककालाई ८ सय रुपैयाँ तोकिएको हो । ४ वर्ष अघिदेखि केबलकार निर्माण सुरु भएको थियो ।

    केबलकारमा युवा व्यवसायी कालु गुरुङसहित नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पोखरामा अन्नपूर्ण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology