Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

क्रान्तिकारी विचार र कार्यदिशा विकासमा केन्द्रीत हुन प्रचण्डको अपिल

क्रान्तिकारी विचार र कार्यदिशा विकासमा केन्द्रीत हुन प्रचण्डको अपिल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७८ आइतवार • ११:००:२९ बजे
  • 616
    SHARES
  • क्रान्तिकारी विचार र कार्यदिशा विकासमा केन्द्रीत हुन प्रचण्डको अपिल

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रीत हुन अपिल गरेका छन् ।

    images

    चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको १२९औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्ण रूपले केन्द्रीत हुन सार्वजनिक अपिल गरेका हुन् ।

    माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि माओवादीले ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी पनि उनले गराएका छन् ।

    महाधिवेशनपछिको नयाँ माओवादीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्ने प्रचण्डले जनाएका छन् ।

    मालेमावादी विश्वदृष्टिकोणको आलोकमा माओवादीद्वारा सञ्चालित महान् जनयुद्ध एवं जनयुद्धको जगमा स्थापित ऐतिहासिक जनआन्दोलनहरूको बलमा नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशिष्टता र मौलिकतासहित मूलभूत रूपमा पूरा भएको प्रचण्डले उल्लेख गरेका छन् ।

    PP11.jpg

  • सम्बन्धित विषय:

  • # क्रान्तिकारी विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology