Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ ,दशौं हजार विस्थापित

मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ ,दशौं हजार विस्थापित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७८ आइतवार • ११:१२:५२ बजे
  • 616
    SHARES
  • मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ ,दशौं हजार विस्थापित

    एजेन्सी । मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

    images

    शनिबारदेखि निरन्तर आएको वर्षापछिको बाढी पहिरोमा केही हराइरहेका छन् ।

    बाढीबाट नदीहरुको बहाव बढेको छ भने राजमार्गका मुख्य सडक अबरुद्ध भएका छन् ।

    बाढीका कारण दशौं हजार मानिस विस्थापित भएका छन् ।

    बाढीबाट देशकै ठूलो जनसंख्या भएको सेलानगोर प्रदेश नराम्रोसँग प्रभावित छ ।

    प्रदेश राजधानी शाह अलमका बाढीबाट प्रभावित मानिसहरु घरमै बिचल्लीमा परेको प्राप्त विवरणहरुमा जनाइएको छ । उनीहरुलाई डुंगाबाट उद्दार गरिएको थियो ।

    बाढीका कारण पाँच जना हराइरहेको ५५ हजार मानिस विस्थापित भएको प्रहरीले जनाएको छ ।

    दक्षिण पूर्वी एशियाली देश मलेसियामा नोभेम्बरदेखि जनवरीसम्म वर्षा मौसममा हरेक वर्ष बाढी पहिरोमा ठूलो जनधनको क्षति हुने गरेको डेक्यान हेराल्डले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दशौं हजार विस्थापित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology