Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा ओली सहभागी नहुने

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा ओली सहभागी नहुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७८ आइतवार • ११:३१:०१ बजे
  • 736
    SHARES
  • नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा ओली सहभागी नहुने

    नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

    images

    आइतबार बिहान बसेको माओवादीको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्षनेताहरूले शुभकामना दिन आमन्त्रण गरिएको छ ।

    आइतबार अपरान्ह ३ बजे उद्घाटन हुने माओवादीको आठौं महाधिवेशनमा ओली सहभागी नहुने भएका हुन् । उनी पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन शनिबार गृहजिल्ला झापा पुगेका छन् ।

    ‘माओवादीको महाधिवेशनमा अध्यक्षज्यू सहभागी हुनहुन्न,’ ओलीका प्रेस सहयोगी रामशरण बजगाईले भने ।

    उनका अनुसार अखिलको सचिवालय बैठकदेखि स्वास्थ्य शिविरसम्म ओली सहभागी हुने कार्यक्रम छ ।

    शनिबार झापा गएका ओलीले सोमबार वा मंगलबार मात्र काठमाडौँ फर्कने बजगाईले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # ओली सहभागी नहुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology