Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७८ आइतवार • १२:२८:०६ बजे
  • 607
    SHARES
  • सुनचाँदीको मूल्य स्थिर

    साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि स्थिर रहेर सोही मूल्य कायम भएको हो ।

    आइतबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

    चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ ।

    गत शुक्रबार पनिचाँदीको सोही मूल्य नै कायम भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ८० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदीको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology