Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रको पदाधिकारी १५ जना, उपाध्यक्षको संख्या सात पुर्‍याइयो

माओवादी केन्द्रको पदाधिकारी १५ जना, उपाध्यक्षको संख्या सात पुर्‍याइयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७८ आइतवार • १४:२३:२३ बजे
  • 895
    SHARES
  • माओवादी केन्द्रको पदाधिकारी १५ जना, उपाध्यक्षको संख्या सात पुर्‍याइयो

    माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति दुई सय ९९ हुने भएका छन् । जसमा १५ जना पदाधिकारी रहनेछन् ।

    images

    माओवादी केन्द्रको महाधिवेशन सुरु हुनुअघि आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको संख्या निर्धारण गरेको हो ।

    बैठकले पारित गरेको विधानअनुसार माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहनेछ ।

    यसअघि माओवादी केन्द्रमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव रहने व्यवस्था थियो । माओवादीले एमालेकै विधानअनुसार पार्टीको विधान संशोधन गरेको छ ।

    केन्द्री समितिको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने स्थायी कमिटी बैठकको प्रस्तावलाई अनुमोदन गरेको छ ।

    माओवादीको महाधिवेशन आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology