Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रको महाधिवेशन : आज ११ बजेबाट बन्दसत्र

माओवादी केन्द्रको महाधिवेशन : आज ११ बजेबाट बन्दसत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७८ सोमवार • ०८:३०:५१ बजे
  • 1.6K
    SHARES
  • माओवादी केन्द्रको महाधिवेशन : आज ११ बजेबाट बन्दसत्र

    नेकपा (माओवादी केन्द्र)को बन्दसत्र सोमबार (आज)बाट हुनेछ ।

    images

    आइबारबाट सुरु भएको माओवादीको आठौँ महाधिवेशन अन्तर्गत आज ११ बजेबाट बन्दसत्र सुरु हुने भएको हो ।

    उद्घाटन आघि राष्ट्रिय सम्मेलनबाट महाधिवेशनमा रुपान्तरण गरेको माओवादी महाधिवेशन ५ दिनसम्म चल्नेछ ।

    महाधिवेशनले माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्ने छ ।

    महाधिवेशनका लागि देशभरबाट १६ सय प्रतिनिधिहरु काठमाडौं आइपुगेको माओवादी केन्द्रले जनाएको छ ।

    यो महाधिवेशनपछि माओवादीको पदाधिकारीको संख्या १५ जना रहने निश्चित भएको छ ।

    त्यस्तै एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित ६ जना उपाध्यक्ष रहनेछन् ।

    यसैगरी महासचिव १, उपमहासचिव २ तथा सचिव ३ रहने प्रस्ताव गरिएको छ ।

    त्यस्तैगरी एक कोषाध्यक्ष चयन हुने भएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology