Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोभिड संक्रमण बढेपछि भारतको नयाँ दिल्लीमा फेरि कर्फ्यू

कोभिड संक्रमण बढेपछि भारतको नयाँ दिल्लीमा फेरि कर्फ्यू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७८ सोमवार • ०८:३४:१९ बजे
  • 1.6K
    SHARES
  • कोभिड संक्रमण बढेपछि भारतको  नयाँ दिल्लीमा फेरि कर्फ्यू

    एजेन्सी । कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ ।

    images

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले आजबाट कर्फ्यू लगाउने भएको हो । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको छ ।

    भारतमा पछिल्लो २४ घन्टामा ७ हजार जना कोभिड संक्रमित भेटिएका छन् ।

    उनीहरुमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ ।

    नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् ।

    यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।

    नयाँ दिल्लीबाहेक अन्य सहरहरुमा पनि विभिन्न प्रतिबन्ध लगाइएका छन् ।

    अंग्रेजी नयाँ वर्षमा होटल, रेस्टुराँ, सांगीतिक क्लबलगायतका बढी भिडभाड हुने क्षेत्रहरुमा मानिसहरुको चहलपहल बढ्ने भएकाले विभिन्न राज्यमा निषेधाज्ञा र कर्फ्यू लगाइएको छ ।

  • सम्बन्धित विषय:

  • # दिल्लीमा फेरि कर्फ्यू
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology