Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महिला र पुरुषलाई सँगै राखेर पढाउन मिल्दैनः शिक्षामन्त्री अब्दुल बाक्की

महिला र पुरुषलाई सँगै राखेर पढाउन मिल्दैनः शिक्षामन्त्री अब्दुल बाक्की

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७८ सोमवार • १०:१५:५० बजे
  • 1.6K
    SHARES
  • महिला र पुरुषलाई सँगै राखेर पढाउन मिल्दैनः शिक्षामन्त्री अब्दुल बाक्की

    एजेन्सी । अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमहरुको मुल्य र मान्यता विपरित भएको बताएका छन् ।

    images

    आफूहरु महिला शिक्षाको विरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य आफूहरुलाई मान्य नभएको बताएका छन् । ‘हामीले मुस्लिम वातावरण कायम गर्ने विषयमा तयारी गरिरहेका छौ, जहाँ महिलाले पनि पढ्न सक्नेछन् ।

    महिलाहरुले अलग्गै पढ्ने व्यवस्था गर्न केही समय लाग्नेछ,’ उनले भने । तर, छात्राहरुलाई कहिलेदेखि फेरि विद्यालय पठाइन्छ भन्ने विषयमा भने उनले केही खुलाएका छैनन् ।

    गत १५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि छात्राहरुलाई विद्यालय र कलेज पढ्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै, महिलाहरुका विभिन्न हक अधिकार खोसिएका छन् 

    तालिवानको निर्णयप्रति ह्युमन राइट्स वाचकी हिदर बारले आपत्ती जनाएकी छिन् ।

    ‘तालिवानले नयाँ आदेशले महिलालाई कैदी बनाउने निश्चित छ,’ उनले भनिन् ।

    यसैबीच, लामो दुरीको यात्रा गर्न चाहने महिलाले आफूसँगै नजिकको पुरुष नोतादार हुनुपर्ने तालिवानले जनाएको छ ।

    पुरुष आफन्तविना टाढा यात्रा गर्ने महिलालाई गाडीमा नचढाउन तालिवानले यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology