Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इजरायलमा बर्डफ्लुबाट दुई हजार भन्दाबढी सारस मरे

इजरायलमा बर्डफ्लुबाट दुई हजार भन्दाबढी सारस मरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७८ सोमवार • १०:४५:५२ बजे
  • 760
    SHARES
  • इजरायलमा बर्डफ्लुबाट दुई हजार भन्दाबढी सारस मरे

    एजेन्सी । उत्तरी इजरायलको एउटा आरक्षण क्षेत्रमा बर्डफ्लुबाट दुई हजार भन्दाबढी सारस मरेका छन् ।

    images

    बर्डफ्लुबाट अन्य १० हजार सारस संक्रमित भएको हुन सक्ने आरक्षका अधिकारीहरुले अनुमान गरेका छन् ।

    इजरायलको प्रकृति तथा पार्क निकायका विज्ञ ओहाड ह्याट्सओफीका अनुसार हरेक वर्ष भाइरसबाट इजरायलमा हजारौं चराचुरुङ्गी प्रभावित भएका छन् । तर, यस वर्षको महामारी अन्य वर्षको तुलनामा ठूलो भएको अर्का विज्ञ उरी नाभेह बताउँछन् ।

    बर्डफ्लुबाट ठूलो संख्यामा चराहरुको मृत्यु भएको घटना ‘अस्वभाविक’ भएको नाभेहको भनाई छ । हरेक वर्षजस्तै यो वर्ष पनि अक्टोबर महिनायता अफ्रिका जाने क्रममा करिव एक लाख आप्रवासी सारस इजरायल पुगेका छन् ।

    तीमध्ये अधिकांश सारसको एउटा बथान हुला उपत्यकामा रोकिएको थियो । हुला उपत्यका अफ्रिका जाने आप्रवासी सारसका लागि एउटा ‘ट्रान्जिट पोइन्ट’ हो । सो उपत्यकामा ४० हजारभन्दा बढी सारस रहेको अनुमान गरिएको छ ।

    यसैबीच, उत्तरी इजरायलमा केही चल्लामा एच ५ एन १ भाइरस देखिएको इजरायलको कृषि मन्त्रालयले जनाउको छ । संक्रमण देखिएपछि मन्त्रालयले प्रभावित फार्मबाट अन्डा बिक्रीमा रोक लगाएको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार सन् २००३ यता एच ५ एन १ भाइरसबाट इन्डोनेसिया, इजिप्ट र भियतनाममा ४५० जना भन्दाबढी मनिसको मृत्यु भएको फ्रान्स २४ ले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology