Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अभिनेत्री आँचल शर्मा साउथ इन्डियन फिल्ममा डेब्यू

अभिनेत्री आँचल शर्मा साउथ इन्डियन फिल्ममा डेब्यू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७८ सोमवार • ११:३१:१२ बजे
  • 2.0K
    SHARES
  • अभिनेत्री आँचल शर्मा साउथ इन्डियन फिल्ममा डेब्यू

    अभिनेत्री आँचल शर्माले साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी छन् ।

    images

    अभिनेत्री आँचलले नेपालमा १५ दिनसम्म छायांकन गरिएको तेलुगु फिल्म ‘हिटम्यान’मार्फत् साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी हुन् । काठमाडौं र पोखरामा छायाङ्कन गरिएको ‘हिटम्यान’मा आँचलले मुख्य भूमिकामा अभिनय गरेकी हुन् ।

    फिल्ममा आँचलले नेपालीमै संवाद बोलेकी बताइएको छ ।

    ‘हिटम्यान’मा आँचलको अपोजिटमा तेलुगुस्टार विष्णु अधिकारी रहेका छन् ।

    विष्णु फिल्मको निर्देशकसमेत हुन् । नेपाल र भारतमा छायाङ्कन गरिएको यस फिल्मको नेपालको दृश्यमा अभिनेत्री आँचल देखिने छन् । अभिनेत्री आँचलले आफ्नो अनुहार उताका कलाकारको अनुहारसँग मिल्ने भएकाले फिल्ममा काम गरेको बताएकी छन् ।

    भारतबाट नेपाल आउने टिमसँग आफ्नो भेट भएपछि कथा अगाडि बढ्ने र भारतमा प्रदर्शन गर्दा आफ्नो संवादमा सब टाइटल समावेश हुने अभिनेत्री आँचलले बताएकी छन् ।

    दीपक अधिकारीले निर्माण गरेका ‘हिटम्यान’ फिल्मलाई वाईएस शेखरले छायाङ्कन गरेका हुन् । फिल्मलाई आगामी मार्चमा दर्शकमाझ रिलिज गर्ने निर्माण टिमको योजना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # अभिनेत्री आँचल शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology