Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रचण्डको राजनीतिक प्रतिवेदनपछि देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने

प्रचण्डको राजनीतिक प्रतिवेदनपछि देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७८ सोमवार • १४:५८:१३ बजे
  • 1.2K
    SHARES
  • प्रचण्डको राजनीतिक प्रतिवेदनपछि देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने

    नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ ।

    images

    जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम छ ।

    स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।

    प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि समूहमा विभाजन गरी छलफल हुने माओवादीले जनाएको छ ।

    कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् ।

    आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । 

    महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्डको राजनीतिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology