Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

स्वदेशमै युवाहरुलाई रोजगारी दिन प्रचण्डले अघि सारेका १० बुँदे योजना

स्वदेशमै युवाहरुलाई रोजगारी दिन प्रचण्डले अघि सारेका १० बुँदे योजना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७८ सोमवार • १७:१६:१२ बजे
  • 1.4K
    SHARES
  • स्वदेशमै युवाहरुलाई रोजगारी दिन प्रचण्डले अघि सारेका १० बुँदे योजना

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशमा नै बेरोजगार युवाहरूलाई रोजगारीको वातावरण बनाउने बताएका छन् ।

    images

    उनले युवाहरुलाई स्वदेशमा नै रोजगारी दिने सरकारी नीति नै बाधक भएको बताउँदै अब युवाहरुलाई स्वदेशमै रोजगारी दिन १० बुँदे योजना प्रस्तुत गरेका छन् ।

    देशमा उत्पादन र विकास निर्माणको प्रचुर सम्भावना भए पनि राज्यको गलत नीतिका कारण अहिले लाखौं युवा विदेश जान बाध्य भएको पनि उनले बताए ।

    पार्टीको ८ औं महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले देशमा नै युवाहरूलाई रोजगारी सिर्जना गराउन र उनीहरूलाई राष्ट्रिय महाअधियानमा जोड्नुपर्नेमा जोड दिएका हुन् । जसका लागि पालिका, जिल्ला, प्रदेश र केन्द्रीय सरकारले आफ्नो नीतिमा परिमार्जन गर्दै समन्वयात्मक भूमिका खेल्नुपर्ने उनको भनाई छ ।

    यस्तो छ प्रचण्डले अघि सारेका योजना
    —हरेक पालिकामा कम्तीमा ५० जना व्यक्ति संलग्न गरी अनिवार्य एक कृषि उद्योग ६ महिनाभित्र स्थापना गर्ने ।

    —स्थानीय बजारलाई ध्यानमा राख्दै खाद्यान्न, तरकारी, नगदेवाली लागतयका बजार सुहाउने उत्पादनमा जोड दिने ।

    —ठूलो परिणाममा काम गर्न दुई वा दुई भन्दा बढी पालिकाले त्यस्ता उद्योग व्यवस्थाय सञ्चालन गर्ने ।

    —जिल्ला तहमा पालिकास्तरका उद्यमीबीच समुन्वय गराउने र बजार व्यवस्थामा सहयोग गर्ने ।

    —जिल्ला स्तरबाट प्राविधिक सहयोगको व्यवस्था गर्ने ।

    —पूर्वाधार निर्माणमा पालिका, जिल्ला र प्रदेशहरूको समन्वय गर्ने ।

    —प्रदेशले जिल्लाबाट अनुरोध भएका क्षेत्रमा प्राविधिक सहयोग गर्ने अन्तर जिल्ला समन्वय गर्ने गराउने ।

    —प्रदेशले प्रदेश कम्तीमा १०० जनालाई रोजगारी दिन गरी उद्योग स्थापना गर्ने

    —केन्द्रमा केन्द्रीयस्तरको प्रशिक्षण केन्द्र बजार व्यवस्था र उद्योग व्यवसाय पहिचान गर्ने

    —पार्टीका हरेक कार्यकर्ताले वर्षमा कम्तीमा एक पटक स्थानीय जनसमुदायसँग बसेर काम गर्ने ।

  • सम्बन्धित विषय:

  • # १० बुँदे योजना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology