Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रधानन्यायाधीश राणाको परिवारको सम्पति छानबिन गर्ने तयारी

प्रधानन्यायाधीश राणाको परिवारको सम्पति छानबिन गर्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७८ सोमवार • १७:३४:४१ बजे
  • 1.3K
    SHARES
  • प्रधानन्यायाधीश राणाको परिवारको सम्पति छानबिन गर्ने तयारी

    सम्पति शुद्धिकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको परिवारको सम्पति छानबिन गर्ने भएको छ ।

    images

    राणाको परिवारको सम्पति छानबिन गर्न परेको उजुरीको आधारमा राणाको परिवारको सम्पति छानबिन गर्ने तयारी गरेको विभागले जनाएको छ ।

    विभागले राणाको परिवारको सम्पति छानबिनको लागि टोली खटाउने भएको छ। विभागले राणाको परिवारको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ।

    प्रधानन्यायाधीश, उनको परिवारका सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी परेको छ । उजुरीमाथि छानबिन गर्न विभागले अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ ।

    पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न नमिल्ने भए पनि उनका परिवारका सदस्य, आफन्तको छानबिन गर्न बाधा नपर्ने भएकाले उजुरी परेपछि अनुसन्धान गरिने विभागले जनाएको छ ।

    विभागले राणाको परिवारको सम्पत्ति, बैंक ब्यालेन्स, जग्गा सबै विवरण हेर्ने र अनुसन्धानले जे देखाउँछ सोहीअनुसार काम अघि बढाउने तयारी गरेको छ । बैंकहरूको कारोबार तथा मौज्दात हेर्न विभागले राष्ट्र बैंकलाई पत्राचार गर्ने गरिसकेको छ ।

    राष्ट्र बैंकले सम्बन्धित बैंकबाट विवरण मगाएर विभागलाई पठाउने गरेको छ। राष्ट्र बैंक सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा सहयोग गर्ने निकाय हो।

    जग्गा किनबेचको विवरण हेर्न विभागले मालपोत कार्यालयलाई पत्राचार गर्ने गरेको छ। बृहत् नागरिक आन्दोलनका तर्फबाट वरिष्ठ चिकित्सक गोविन्द केसीले राणाको, उनकी पत्नी, भाइ, नातेदारलगायतको सम्पत्ति अनुसन्धान गर्न माग गर्दै आइतबार उजुरी दिएका थिए।

    उजुरीमा राणालाई सहयोग गर्ने न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, कर्मचारीलगायतको पनि सम्पत्ति छानबिन गर्न माग गरिएको छ । तर, पदमा रहेका प्रधानन्यायाधीश, न्यायाधीशहरूको सम्पत्ति अनुसन्धान गर्न मिल्दैन, पदबाट अवकाश पाएपछि भने मिल्छ ।

    संगठित प्रकृतिको अष्ट गिरोह खडा गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ ले कसुर मानेका गैरकानुनी वा धुर्त्याइँपूर्वक असूली , भ्रष्टाचार तथा घुस, ठगी, आपराधिक लाभ, मुद्रा, बैकिङ, वित्तीय, विदेशी विनिमय, विनिमय अधिकार पत्र तथा घर, जग्गा र सम्पत्ति सम्बन्धी कसुरमा संलग्न भएर अर्बौंको सम्पत्ति शद्धीकरण गरेको उनीहरूको आरोप उजुरीमा लगाइएको छ।

  • सम्बन्धित विषय:

  • # प्रधानन्यायाधीश राणा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology