Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिलो पटक चन्डीगढमा आप बन्यो ठूलो पार्टी,बीजेपी मेयरलाई हरायो

पहिलो पटक चन्डीगढमा आप बन्यो ठूलो पार्टी,बीजेपी मेयरलाई हरायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७८ सोमवार • २०:२६:४४ बजे
  • 1.6K
    SHARES
  • पहिलो पटक चन्डीगढमा आप बन्यो ठूलो पार्टी,बीजेपी मेयरलाई हरायो

    एजेन्सी । भारतको दिल्लीमा पकड जमाएको आम आदमी पार्टीले दिल्ली बाहिर पनि आफ्नो उपस्थिति बलियो बनाएको छ ।

    images

    चन्डीगढमा भएको नगरपालिका चुनावमा आम आदमी पार्टी सबैभन्दा धैरै सिट जित्ने पार्टी बनेको छ । आम आदमी पार्टीले नगरपालिकामा ३५ मध्ये १४ सिटमा जित हासिल गरेको छ ।

    त्यहाँ बीजेपीले १२ र कांग्रेसले ८ र अकाली दलले एक सिट जितेको छ ।

    चन्डीगढमा बीजेपीका वर्तमान मेयर रविकान्त शर्माले चुनाव हारेका छन् ।

    उनलाई आपका उम्मेदवारले पराजित गरे ।

    आम आदमी पहिलो पटक चन्ढीगढमा चुनावी मैदानमा उत्रिएको थियो ।

    जितपछि दिल्लीका मुख्यमन्त्री र आम आदमी पार्टीका संयोजक अरविंद केजरीवालले ट्वीट गरेर उम्मेदवार र कार्यकर्ता तथा मतदातालाई बधाइ दिएका छन् ।

    ट्वीटमा भनेका छन्, “चन्डीगढ नगर निगममा आम आदमी पार्टीको यो जित पञ्जावमा आउने लागेको बदलाव हो।” गत निर्वाचनमा उक्त नगरपालिकामा बीजेपीले २० सिट जितेको थियो ।

  • सम्बन्धित विषय:

  • # बीजेपी मेयरलाई हरायो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology