नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता हुने भएको छ ।
मंगलबार मध्यान्ह साढे १२ बजे दुई पार्टीबीच एकताको घोषणा हुन लागेको हो ।
नेकपा एकीकृत समाजवादीले फेसबुक पेजमार्फत् दुई पार्टीबीच एकता हुन लागेको जानकारी दिएको हो ।
एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा हुनेछ ।