Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिबन्धित नेकपाकी नेत्री उमा भुजेल र सुमनसिंह पौडेल फेरि पक्राउ

प्रतिबन्धित नेकपाकी नेत्री उमा भुजेल र सुमनसिंह पौडेल फेरि पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ४, २०७७ बिहिवार • १८:१७:४३ बजे
  • 2.7K
    SHARES
  • प्रतिबन्धित नेकपाकी नेत्री उमा भुजेल र सुमनसिंह पौडेल फेरि पक्राउ
    सप्तरी-  नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाकी नेत्री उमा भुजेल फेरि पक्राउ परेकी छन् ।

    ४१ वर्षीया भुजेलसहित अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ । भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ ।

    अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बनेकी नेता भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मङ्गलबार मात्रै साधारण तारखेमा रिहा गरेको थियो ।

    यसअघि पनि भुजेललाई विभिन्न ठाउँबाट पक्राउ गरेर प्रहरीले अड्डासार गर्ने गरेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology