Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

व्यक्तिवादी तानाशाह हावी भए उपलव्धी गुम्ने खतरा : माधव नेपाल

व्यक्तिवादी तानाशाह हावी भए उपलव्धी गुम्ने खतरा : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०७८ मंगलवार • २१:०८:४० बजे
  • 928
    SHARES
  • व्यक्तिवादी तानाशाह हावी भए उपलव्धी गुम्ने खतरा : माधव नेपाल

    नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले व्यक्तिवादी तानाशाह हावी भए बिभिन्न उपलव्धी गुम्ने खतरा पैदा हुने बताएका छन् ।

    images

    मंगलबार राष्ट्रिय सभागृहमा नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघि बंशिय तानाशाहलाई हटाइसकेको भन्दै व्यक्तिवादी तानाशाह हावी हुन नदिने समेत उल्लेख गरे ।

    उनले मुलुकको परिवर्तनलाई जोगाउनका लागि जनतामा चेतना फैलाउनुपर्ने धारणा पनि राखे ।

    आफ्नो पार्टी अरु पार्टी भन्दा फरक रहेको भन्दै अध्यक्ष नेपालले सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणमा ध्यान दिने उल्लेख गरे । उनले पार्टीमा अघि बढ्न नसक्नेलाई पार्टी छोड्न सुझाव पनि दिए ।

    अध्यक्ष नेपालले एमालेलाई केपी ओलीले कव्जा गरेपछि आफुहरु बिद्रोह गरेको भन्दै नयाँ कम्युनिष्ट पार्टी स्थापना गरेको जिकिर गरे ।

    कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी र देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)बीच एकीकरण भएको थियो । तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा (जनवादी) गठन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # माधव कुमार नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology