Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फ्रान्समा एकै दिन एक लाख ८० हजार कोरोना संक्रमण

फ्रान्समा एकै दिन एक लाख ८० हजार कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७८ बुधवार • ०८:२७:४० बजे
  • 1.2K
    SHARES
  • फ्रान्समा एकै दिन एक लाख ८० हजार कोरोना संक्रमण

    एजेन्सी । फ्रान्समा ठूलो संख्यामा दैनिक कोभिड संक्रमित भेटिएका छन् ।

    images

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको हो ।

    पछिल्लो २४ घन्टामा फ्रान्समा एक लाख ७९ हजार ८०७ जनामा संक्रमण देखिएको वर्ल्डोमिटरले जनाएको छ ।

    फ्रान्सबाहेक अन्य युरोपेली देश ग्रीस, पोर्चुगल, इटाली र बेलायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन् ।

    क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण युरोपमा कोभिड तीव्र फैलिएको छ ।

    कोभिडको पछिल्लो लहरले युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस पार्न सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिँदै आएको छ ।

    जनवरीदेखि फ्रान्समा दैनिक संक्रमितको संख्या दुई लाख ५० हजार नाघ्ने फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानले चेतावनी दिएका छन् ।

    आगामी दिनमा फ्रान्सका अस्पताल कोभिडका विरामीले भरिने फ्रान्सेली अस्पताल महासंघले जनाएको छ । सरकारले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ ।

    फ्रान्समा अहिलेसम्म दुई करोड ३० लाख जनाले कोभिडको बुस्टर डोज लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # फ्रान्समा एकै दिन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology