Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चिसो बढेसँगै विद्युतको माग उच्च वृद्धि भएपछि.......

चिसो बढेसँगै विद्युतको माग उच्च वृद्धि भएपछि.......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७८ बुधवार • ०८:३६:४८ बजे
  • 697
    SHARES
  • चिसो बढेसँगै  विद्युतको माग उच्च वृद्धि भएपछि.......

    चिसो बढेसँगै घरायसी खपत उच्च भइरहँदा काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति व्यवस्थापनमा नेपाल विद्युत् प्राधिकरणले सकस भोगिरहेको छ ।

    images

    वितरण लाइन तथा ट्रान्सफर्मरको क्षमताले थेग्ने भन्दा धेरै लोड सिर्जना हुँदा ट्रान्सफर्मर पड्कने तथा तार जल्दा कतिपय स्थानमा विद्युत् आपूर्ति नै अवरुद्ध हुने समस्या बढेको हो ।

    केही दिनयता काठमाडौँ उपत्यकामा माग पनि अत्यधिक बढेको छ ।

    गत वर्ष मध्य पुसमा उपत्यकामा उच्च समयमा करिब तीन सय मेगावाट माग थियो तर सोमबार काठमाडौँ उपत्यकामा साँझ ६ बजे देखि ६ः३० सम्ममा माग ४५० मेगावाट पुग्यो भने मङ्गलबार (आज) दिउँसो १ बजे नै माग ४३० मेगावाट पुगेको छ ।

    काठमाडौँ उपत्यकाका खास गरी बागमती र विष्णुमती नदीबीचको क्षेत्र र चक्रपथ बाहिरका क्षेत्रमा यस्तो समस्या बढी देखिएको छ ।

    ललितपुरको इमाडोल क्षेत्रमा तीन दिनदेखि यही समस्याले उपभोक्ता आक्रान्त छन् ।

    यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # चिसो बढेसँगै विद्युत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology