Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादी केन्द्रको बन्दसत्र आज दिउँसो १ बजेबाट

माओवादी केन्द्रको बन्दसत्र आज दिउँसो १ बजेबाट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७८ बुधवार • ०८:४७:१३ बजे
  • 835
    SHARES
  • माओवादी केन्द्रको बन्दसत्र आज दिउँसो १ बजेबाट

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र आज दिउँसो १ बजे सुरु हुने भएको छ ।

    images

    मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको हो ।

    माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । 

    प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भएको थियो ।

    समूहगत छलफलका लागि २५ समूह बनाइएको छ ।

    आज दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा समूहका संयोजकहरुले छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology