Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रामबहादुर थापा बादललाई गद्दार घोषणा गर्न माग

रामबहादुर थापा बादललाई गद्दार घोषणा गर्न माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७८ बुधवार • १७:१८:४६ बजे
  • 1.2K
    SHARES
  • रामबहादुर थापा बादललाई गद्दार घोषणा गर्न माग

    नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टी छोडेर हिँडेका रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका छन् ।

    images

    पार्टीको ८ औं महाधिवेशन अन्तर्गत बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथिको छलफलपछि सुझाव पेश गर्दै बादललगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका हुन् ।

    प्रदेश नम्बर १ बाट सुझाव पेश गर्दै हर्कबहादुर नेम्वाङ ‘मेक्सो’ले आफ्नो समुहका तर्फबाट सुझाव पेश गर्दै भने, ‘बादल लगायतका नेताले गद्दारी गरेका छन् ।

    उनीहरले गरेको गद्दारीबारे दस्तावेजमा समेट्नुपर्छ ।’ त्यस्तै उनले पार्टीमा कार्यकर्ता मुल्याङकनको विधि बनाउन पनि माग गरे ।

    ‘कसैले अवसर पाइरहने, कसैले कहिल्यै नपाउने अवस्थाको अन्त्य गर्नुपर्छ’, नेम्वाङले आफ्नो पार्टीको सरकारले गरेका कामहरुलाई उपलव्धिका रुपमा अध्यक्षको दस्तावेजमा समेट्न सुझाव दिए ।

    प्रचण्डको दस्तावेज मुलत सही भएको भन्दै उनले दस्तावेजले पार्टीलाई सही दिशामा हिडाउने संकेत मिलेको र नेताहरुले आफुलाई आफैले रुपान्तरण गर्ने कुरा राम्रो भएको बताए ।

    भारत र चीनसँगको सम्बन्धका बारेमा पार्टीमा थप व्याख्या आवश्यक रहेको नेम्वाङले सुझाव दिए ।

  • सम्बन्धित विषय:

  • # रामबहादुर थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology