Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने २ विमान एकै दिन ग्राउन्डेड

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने २ विमान एकै दिन ग्राउन्डेड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७८ बिहिवार • ०८:३७:४८ बजे
  • 1.7K
    SHARES
  • नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने २ विमान एकै दिन ग्राउन्डेड

    मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा विमान एकै दिन ग्राउन्डेड भएका छन् ।

    images

    नियमित अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटै विमानमा प्राविधिक समस्या आएपछि मंगलबारदेखि नै निगमको विमान ग्राउन्डेड भएका हुन् ।

    निगमको मंगलबार ९ एन-एकेडब्लु कलसाइन भएको न्यारोबडी विमान र ९ एन-एलवाई कलसाइन भएको वाइडबडी विमानमा अचानक प्राविधिक समस्या देखिएर ग्राउन्डेड भएको निगमले जनाएको छ ।

    निगमका अनुसार मंगलबार काठमाडौंबाट उडेर कतारको दोहा विमानस्थलमा अवतरण भएलगत्तै निगमको न्यारोबडी विमानको इन्जिनमा समस्या देखिएको थियो ।

    यसैगरी, काठमाडौंबाट जापानको नारिता उडान भर्न तयार निगमको अर्को वाइडबडी विमानमा विद्युतीय समस्या उत्पन्न भएका कारण सो विमान पनि अहिलेसम्म विमानस्थलमै ग्राउन्डेड भएको छ ।

    निगमका प्रवक्ता अर्चना खड्काले काठमाडौंबाट नारिता उड्ने तयारीमा सामान्य प्राविधिक समस्या देखिएको वाइडबडी विमान बिहीबार साँझसम्म मर्मत भइसक्ने अपेक्षा गरिएको बताइन् ।

    उनले मंगलबारको उडानमा रोकिएका सबै यात्रुलाई बुधबार साँझ अर्को विमानबाट नारिता पठाइएको जानकारी गराइन् ।

    याे खबर राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल वायुसेवा निगम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology