Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ल्होछारले राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

ल्होछारले राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७८ बिहिवार • ०८:४०:३५ बजे
  • 1.1K
    SHARES
  • ल्होछारले राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

    राष्ट्रपति विद्यादेवी भण्डारीले तमु (गुरुङ) समुदायले मनाउँदै आएको तमू ल्होछार पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् ।

    images

    उनले आज तमु ल्होछार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

    “मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ,” सन्देशमा भनिएको छ ।

    राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना पनि व्यक्त गरेकी छन् ।

    गुरुङ समुदायको परम्परा अनुसार आज बर्ग (वर्ष) लाई बिदाइ गरी बाघ बर्ग (वर्ष) लाई स्वागत गर्दै तमू ल्होछार पर्व मनाउने गर्छन् ।

    गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वतलगायत देशभरका जिल्ला तथा विदेशमासमेत तमू ल्होछार पर्व मनाइन्छ ।

    R1.jpg

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology