Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सरकारी निकायको बेरुजु दोब्बरभन्दा बढीले बढ्यो

सरकारी निकायको बेरुजु दोब्बरभन्दा बढीले बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७८ बिहिवार • ०८:४३:०८ बजे
  • 712
    SHARES
  • सरकारी निकायको बेरुजु दोब्बरभन्दा बढीले बढ्यो

    अघिल्लो आर्थिक वर्षको तुलनामा आ।व। २०७७\७८ मा सरकारी निकायको बेरुजु दोब्बरभन्दा बढीले बढेको छ ।

    images

    महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण प्रतिवेदनले बेरुजु २५ अर्ब २६ करोड रुपियाँ नाघेको देखाएको हो ।

    त्यसअघि आ.व. २०७६\७७ मा सरकारी निकायको बेरुजु करिब ११ अर्ब ४० करोड रुपियाँ थियो । एकै आर्थिक वर्षमै बेरुजु १२१.६२ प्रतिशतले बढेको हो ।

    प्रतिवेदनले आ.व. २०७६\७७ मा कुल खर्चको २.११ प्रतिशत बेरुजु भएको उल्लेख गरेको छ ।

    सरकारले गत आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेकोमा ११ खर्ब ९६ अर्ब ६० करोड रुपियाँ खर्च गरेको थियो । राजस्वतर्फ भने गत आर्थिक वर्ष २३ करोड ६१ लाख रुपियाँ बेरुजु भएको देखिन्छ ।

    यो कुल राजस्वको ०.०२ प्रतिशत मात्र हुन आउँछ ।

    सरकारले गत आर्थिक वर्ष नौ खर्ब ७६ अर्ब ३२ करोड रुपियाँ राजस्व सङ्कलन गरेको थियो । त्यस्तै धरौटीतर्फ छ लाख सात हजार रुपियाँ बेरुजु रहेको छ ।

    गत आर्थिक वर्षको अन्त्यसम्म ४६ अर्ब २५ करोड रुपियाँ धरौटी रकम रहेको थियो । प्रतिवेदन अनुसार कार्यसञ्चालन कोषतर्फ २९ लाख ५० हजार रुपियाँ बेरुजु देखिएको छ ।

    कुल बेरुजुमध्ये नियमित गर्नुपर्ने बेरुजु रकम छ अर्ब ९५ करोड रुपियाँ रहेको छ । त्यस्तै असुल उपर गर्नुपर्ने ५९ करोड १९ लाख र म्याद नाघेको पेस्की रकम १७ अर्ब ७१ करोड रुपियाँ रहेको छ ।

    गत आर्थिक वर्ष पेस्कीतर्फ म्याद नाघेको पेस्की रकम १७ अर्ब ७१ करोड र म्याद ननाघेको पेस्की रकम १९ अर्ब ३९ करोड रुपियाँ रहेको छ ।

    गत आर्थिक वर्ष बिल भरपाइ बेगर ९६ करोड ६७ लाख रुपियाँ खर्च भएको पनि देखिन्छ ।

    त्यस्तै एकै शीर्षकमा चार करोड ९९ लाख दोहोरो भुक्तानी पनि भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै प्रचलित मान्यताविपरीत ९७ लाख ९६ हजार खर्च भएको कार्यालयले जनाएको छ ।

    यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # सरकारी निकाय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology