Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सबैभन्दा बढी बेरुजु यातायात मन्त्रालयमा

सबैभन्दा बढी बेरुजु यातायात मन्त्रालयमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७८ बिहिवार • १७:०१:३२ बजे
  • 1.1K
    SHARES
  • सबैभन्दा बढी बेरुजु यातायात मन्त्रालयमा

    महालेखा नियन्त्रक कार्यालयले गरेको आन्तरिक लेखापरीक्षणमा सबैभन्दा बढी बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ ।

    images

    आर्थिक वर्ष २०७७र७८ मा भौतिक मन्त्रालयको बेरुजु नौ अर्ब ५७ करोड २१ लाख पुगेको छ ।

    यसैगरी स्थानीय तहको बेरुजु आठ अर्ब २६ करोड, रक्षा मन्त्रालयको एक अर्ब ७८ करोड, सहरी विकास मन्त्रालयको एक अर्ब २३ करोड र अदालतको बेरुजु ८८ करोड पुगेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    महालेखा नियन्त्रकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारको बेरुजु १२१ दशमलव ६१ प्रतिशतले वृद्धि भएको छ ।

    आव २०७६र०७७ मा ११ अर्ब ३९ करोड ९९ लाख बेरुजु रहेकोमा २५ अर्ब २६ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # यातायात मन्त्रालय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology