Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना बाट मृत्यु

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७७ शुक्रवार • ००:४७:१९ बजे
  • 1.5K
    SHARES
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो
    पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ६ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको छ ।
    नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ७ सय ७ जनासहित देशभर संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको बताए । संक्रमितमध्ये १७ हजार ९ सय ६४ जना निको भएर घर फर्किएका छन् भने १ सय २६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology