Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा थपिए १३ हजार १५४ जना नयाँ सङ्क्रमित

भारतमा थपिए १३ हजार १५४ जना नयाँ सङ्क्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७८ बिहिवार • १७:०३:३३ बजे
  • 1.7K
    SHARES
  • भारतमा थपिए १३ हजार १५४ जना नयाँ सङ्क्रमित

    भारतमा थप १३ हजार १५४ जना कोरोना भाइरस संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।

    images

    यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित संख्या तीन करोड ४८ लाख २२ हजार ४० पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । सोही अवधिमा थप २६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

    यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८० हजार ८६० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८२ हजार ४०२ जना रहेका छन् ।

    अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२४ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा भारतमा सात हजार ४८६ जना कोरोनाबाट मुक्तभएका छन् ।

    यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ५८ हजार ७७८ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८। ३८ प्रतिशत रहेको जनाइएको छ ।

    यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ । भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६७ करोड ६४ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ ।

    यहाँ जनवरी १६ सन् २०२१ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ४३ करोड १६ लाख भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology