Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बलिउड अभिनेत्री नोरा फतेहीलाई पनि कोरोना संक्रमण

बलिउड अभिनेत्री नोरा फतेहीलाई पनि कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७८ बिहिवार • १७:०७:३१ बजे
  • 898
    SHARES
  • बलिउड अभिनेत्री नोरा फतेहीलाई पनि कोरोना संक्रमण

    बलिउड अभिनेत्री नोरा फतेहीलाई पनि कोरोना संक्रमण भएको छ ।

    images

    चर्चित डान्सरसमेत रहेकी नोरा फतेहीले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी हुन् । कोरोना पुष्टि भएसँगै नोराले आफ्नो स्वास्थ्य अवस्था निकै खराब भएको बताएकी छन् ।

    सोसल मिडिया इन्स्टाग्राम स्टोरीमा नोराले भनेकी छन्, ‘अहिले म दूर्भाग्यबस कोरोनासँग लडिरहेको छु । म डाक्टरको सल्लाह अनुसार क्वारेन्टाइनमा छु ।

    स्वस्थ्य रहनुहोला, सबैले मास्क लगाउनुहोला ।’ उनले थप भनेकी छन्, ‘यो चाँडो भन्दा चाँडो फैलिने र सबैलाई विभिन्न तरिकाले असर गरिरहेको हुन्छ ।

    सचेत रहनुहोला संक्रमण सबैलाई हुनसक्छ ।

    म अहिले निको भइरहरेको छु । आफ्नो स्वास्थ्य भन्दा अरु केही महत्वपूर्ण हुदैन ।’

    गायक गुरु रन्धावाको नयाँ गीत ‘डान्स मेरी रानी’को भिडियोमा नोरा फतेही फिचर्ड छन् ।

    गीत रिलिज भएदेखि नै नोरा र गुरुले यसको निरन्तर प्रचार–प्रसार गर्दै आएका छन् ।

    उक्त गीतको चर्चा सर्वत्र भइरहेको छ । यो गीतको भिडियो रिलिज हुनेबित्तिकै युट्युबमा पनि हिट भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # बलिउड अभिनेत्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology