Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादी केन्द्रको आठौं महाधिवेशन :आज निर्वाचन प्रक्रिया अघि बढ्ने

माओवादी केन्द्रको आठौं महाधिवेशन :आज निर्वाचन प्रक्रिया अघि बढ्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७८ शुक्रवार • ०९:२८:०० बजे
  • 2.1K
    SHARES
  • माओवादी केन्द्रको आठौं महाधिवेशन :आज निर्वाचन प्रक्रिया अघि बढ्ने

    काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्रले आज निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ ।

    images

    अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनैतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्ताव उपर उठेका जिज्ञासाको जवाफ दिएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको हो ।

    नेता श्रीराम ढकालले अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेस गरेको विधान संशोधन प्रस्तावमा विभिन्न २५ समूहमा समूहगत छलफल गरेर बिहीबार प्रस्तुति सकिएको र शुक्रबार अध्यक्ष दाहालले बन्दसत्रमा उठेका जिज्ञासाको जवाफ दिएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताए ।

    उनले अध्यक्ष दाहालले जवाफ दिइसकेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने पनि बताए ।

    नेकपा माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ ।

    जसमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी हुनेछ ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology