Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

राष्ट्रिय सभाका १९ सिटमा सत्तारुढ दलको भागवण्डा

राष्ट्रिय सभाका १९ सिटमा सत्तारुढ दलको भागवण्डा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७८ शुक्रवार • ०९:२९:१६ बजे
  • 1.2K
    SHARES
  • राष्ट्रिय सभाका १९ सिटमा सत्तारुढ दलको भागवण्डा

    आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारुढ नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ ।

    images

    कांग्रेसले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको आन्तरिक रूपमा गृहकार्य गरेको हो ।

    यही पुस २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले उम्मेदवार छान्न र सत्तारुढ गठबन्धनमा भागबण्डा मिलाउन कांग्रेसले तीब्रता दिएको हो ।

    महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय सभाको उम्मेदवार विधिसम्मत रूपमा पार्टी भित्र छलफल गरेर चयन गरिने बताए । उनले भने, ‘राष्ट्रिय सभाको उम्मेदवार छान्ने विषयलाई केन्द्रीय कार्यसमिति हुँदै संसदीय बोर्डबाट टुङ्ग्याउनु पर्ने हुन्छ ।

    हामी चाडै केन्द्रीय कार्यसमितिको बैठक बसेर विधिवत प्रक्रियाबाटै जान्छौँ ।’

    यही पुस १७–१८ गते केन्द्रीय कार्यसमितिको बैठक बस्ने कांग्रेसको तयारी छ । वैधानिक व्यवस्था अनुसार कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवार चयन गर्नेछ । त्यसका लागि केन्द्रीय कार्यसमितिले संसदीय बोर्डलाई अधिकार सुम्पिने छ । 

    अहिलेसम्म कांग्रेसको संसदीय बोर्ड गठन भएको छैन । १४औँ महाधिवेशनबाट निर्वाचित भएर आएका १३ जना पदाधिकारीहरु संसदीय दलको पदेन सदस्य हुने ब्यवस्था छ ।

    महामन्त्री शर्माका अनुसार संसदीय बोर्डको दुई वटा स्वरूप हुन्छ । ‘एउटा पदेन हुन्छ । एउटा मनोनीत हुन्छ । पदेन १३ जना र मनोनीत ११ जना हुने व्यवस्था छ ।

    सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाटै ११ जना मनोनीत गर्न पाउनुहुन्छ,’ उनले भने ।

    अहिले संसदीय बोर्ड बनेन भने पनि निर्वाचित १३ जना पदाधिकारीलाई नै केन्द्रीय कार्यसमितिले अधिकार प्रत्यायोजित गर्ने शर्माले बताए ।

    विधान अनुसार केन्द्रीय समितिले सुरुमा विभिन्न प्रदेशबाट उम्मेदवार बन्न चाहने इच्छुकहरुको नाम संकलन गर्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology