Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकालाई रुसको कडा चेतावनी

अमेरिकालाई रुसको कडा चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७८ शुक्रवार • ०९:३४:४० बजे
  • 1.6K
    SHARES
  • अमेरिकालाई रुसको कडा चेतावनी

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडनलाई एक कडा चेतावनी दिएका छन् ।

    images

    युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको रुसले अमेरिकाले यदि युक्रेनसँग जोडेर नयाँ प्रतिबन्धहरू लगाएमा अमेरिकासँग समेत सम्बन्ध तोड्ने चेतावनी दिएको हो ।

    बिहीवार अबेर अमेरिकी राष्ट्रपतिसँग भएको टेलिफोन वार्तामा पुटिनले त्यस्ता प्रतिबन्धहरू लगाएमा ‘ठूलो भूल’ हुने बताएका हुन् ।

    उता बाइडनले पनि रुसद्वारा युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिका र उसका साझेदारले डटेर जवाफ दिने बताएका छन् ।

    अमेरिकी गुप्तचरहरुले भने रुसले युक्रेनमाथि हमलाको तयारी गरिरहेको र युक्रेनको सीमामा १ लाख सेना पठाएर उसले घेराबन्दी गरिसकेको जनाएका छन् । तर रुसी राष्ट्रपतिले भने हमलाको अन्तिम निर्णय गरिनसकेको जनाइएको छ ।

    युक्रेन मामिलामा बढ्दो तनाव कम गर्न रुसकै आग्रहमा अमेरिकासँग त्यस्तो संवाद भएको बताइएको छ ।

    एक महिनामै दुई राष्ट्रपतिबिच भएको पछिल्लो संवाद दोस्रो हो ।

    उनीहरू बीचको कुराकानी झन्डै एक घण्टा चलेको बिबिसीले जनाएको छ । संवादमा बाइडनले राष्ट्रपति पुटिनलाई कूटनीतिक समाधान खोज्न र सैन्य हस्तक्षेपमा नजान भनेको बताइएको छ ।

    युक्रेनी अधिकारीहरूले रुससँगको पूर्वी सीमानजिक एक लाखभन्दा धेरै रुसी फौज तैनाथ भएको बताइरहँदा तनाव मत्थर पार्नेबारे अमेरिका र रुसबीच पछिल्ला प्रयास भएका हुन् । तर मस्कोले हमलाको योजना नरहेको बताउँदै ती फौजहरू अभ्यासका क्रममा त्यहाँ रहेको जनाएको छ ।

    उसले रुसी सीमाभित्र सैनिकहरू स्वतन्त्र रूपले सर्न पाउनु आफ्नो अधिकार रहेको बताएको हो । अमेरिकाले पनि युक्रेनमाथि हस्तक्षेप भएमा कडा प्रतिबन्धहरु लगाइने चेतावनी दिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology