Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई किन्दै

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई किन्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७८ शुक्रवार • ०९:४३:१५ बजे
  • 778
    SHARES
  • नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई  किन्दै

    नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ ।

    images

    साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिए ।

    अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् ।​ नविल बैंकको बुधवार सम्पन्न बोर्ड मिटिङले सञ्चालक सदस्य उदयकृष्ण उपाध्याय संयोजकत्वको मर्जर समिति बनाएको छ ।

    सोही समितिले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न छलफल अगाडि बढाउने बताइएको छ ।

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सञ्चालक सदस्य उपाध्यायको संयोजकत्वमा मर्जर समिति बनाएको जानकारी दिए ।

    बिहीबार नेपाल बंगलादेश बैंकमा रहेको आईएफसी बैंकको शेयर किन्न खोजिरहेका थिए । तर त्यसमा विभिन्न अवरोधहरु आइरहेको थियो । तर त्यो अहिले राष्ट्र बैंकले हटाइसकेको छ ।

    अहिले आईसीएफसी बैंक पनि नेपाल बंगलादेश बैंकको शेयर बिक्री गरेर बाहिरिने तयारी छ ।

    यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # नबिल बैंकले नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology