Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनताको प्रतिष्ठा माथि उठाउन जुट्नेछौ : नेपाल

जनताको प्रतिष्ठा माथि उठाउन जुट्नेछौ : नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७८ शुक्रवार • १६:२५:०४ बजे
  • 988
    SHARES
  • जनताको प्रतिष्ठा माथि उठाउन जुट्नेछौ : नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही पार्टीहरुले चुनाव जित्ने मात्र लक्ष्य लिएको भन्दै आफुहरुको उद्देश्य जनताका समस्या समाधान गर्ने भएको बताएका छन् ।

    images

    शुक्रबार नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले परिणाममुखी काम देख्न चाहेको भन्दै त्यसका लागि इमानदारिता र निष्‍ठाको उदाहरण प्रस्तुत गर्न गइरहेको बताए ।

    ‘नेपाली जनताको सम्बृद्धि, जनताको प्रतिष्ठा माथि उठाउन जुट्नेछौ’ उनले भने ।

    ‘हाम्रो उद्देश्य र लक्ष्य चुनाव होइन, हाम्रो उद्देश्य जनता हुन्, जनताका पीरमर्का, युवा, पुरानो पुस्ता, किसान सबै समुदायले भोगिरहेका समस्यालाई हामीले हाम्रो समस्याका रुपमा लिएका छौ’ उनले भने ।

    गलत कुराको विरोध गर्ने जिम्मेवार दलको कर्तव्य हुने भएकाले आफ्नो पार्टीले कुनैपनि गलत कामको समर्थन नगर्ने पनि उनको भनाई छ ।

    कार्यक्रममा नेपाल नेतृत्वको एकीकृत समाजवादी र साध्यबहादुर भण्डारी नेतृत्वको परिषदबीच एकता घोषणा गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology