Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मलाई झुपडीमा बस्न, जनतामाँझ बस्न गाह्रो छैन : प्रचण्ड

मलाई झुपडीमा बस्न, जनतामाँझ बस्न गाह्रो छैन : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७८ शनिवार • ०८:४०:२८ बजे
  • 1.7K
    SHARES
  • मलाई झुपडीमा बस्न, जनतामाँझ बस्न गाह्रो छैन : प्रचण्ड

    नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिएका छन् । उनले आएका सुझावलाई समेटिने प्रतिबद्धता व्यक्त गरे ।

    images

    साथै, उनले विचारको विकास गर्न पार्टीले निर्वाचनलगतै विशेष महाधिवेशन गर्ने जनाए ।

    विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान तथा बहसको आवश्यकता भएको र यो महाधिवेशनले प्रतिवेदनमार्फत त्यसको सुरुवात गरेको उनले बताए ।

    अहिलेको दस्तावेजलाई पूर्ण दस्तावेजका रूपमा नबुझ्न आग्रह गर्दै उनले विशेष महाधिवेशनमा विशेष रूपले बहस तथा छलफल हुने दृढता व्यक्त गरे ।

    अध्यक्ष प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षण गरेको बताए । उनले माओवादी शक्तिशाली भएर पुरानै अवस्थामा फर्किन्छ कि भन्ने चिन्ता बाहिर देखिएको जनाए ।

    उनले नेपाली जनताका सपना पूरा गर्न आवश्यक परे जस्तोसुकै बलिदान गर्न तयार रहेको बताए ।

    माओवादी आन्दोलन जतिसुकै बिग्रेको भए पनि क्रान्तिकारी पार्टी निर्माणका लागि जस्तोसुकै त्याग गर्न आफू तयार रहेको उनले स्पष्ट पारे ।

    ‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्लान् त ? चिल्लो गाडी छोड्न सक्लान् त ? काठमाडौंको रमझम छोड्न सक्लान् त ?

    भनेर पनि भन्ने गर्छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरूसँगै बस्न, मजदुरसँग खान, जनतामाँझ गएर बस्न कुनै गाह्रो छैन ।

    यो पार्टीलाई क्रान्तिकारी पार्टी बनाउन, जस्तोसुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु ।

    म यो अन्तिम अवसर गुम्न दिन्नँ ।’ याे खबर राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # मलाई झुपडीमा बस्न
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology