Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माओवादी महाधिवेशनः आज विधान मस्यौदामाथि उठेका प्रश्नहरुको नेता देव गुरुङले जवाफ दिने

माओवादी महाधिवेशनः आज विधान मस्यौदामाथि उठेका प्रश्नहरुको नेता देव गुरुङले जवाफ दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७८ शनिवार • ०८:४७:३० बजे
  • 652
    SHARES
  • माओवादी महाधिवेशनः आज विधान मस्यौदामाथि उठेका प्रश्नहरुको नेता देव गुरुङले जवाफ दिने

    नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशन अन्तर्गत आज नेता देव गुरुङले आफूले पेस गरेको विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने भएका छन् ।

    images

    आज विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देव गुरुङले जवाफ दिने नेता कृष्णबहादुर महराले जानकारी दिए ।

    यसअघि शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनलाई पारित गरेको महाधिवेशनले आज गुरुङको विधान मस्यौदालाई पारित गर्ने प्रक्रिया अघि बढाउन लागिएको हो ।

    दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार विश्लेषणका लागि बहसको थालनी गरेको निष्कर्ष बताउँदै प्रचण्डले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव महाधिवेशन समक्ष राखेका छन् ।

  • सम्बन्धित विषय:

  • # माओवादी महाधिवेशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology