Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादीको पदाधिकारी टुंग्याउने जिम्मा केन्द्रीय समितिलाई

माओवादीको पदाधिकारी टुंग्याउने जिम्मा केन्द्रीय समितिलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७८ शनिवार • १३:३९:३८ बजे
  • 823
    SHARES
  • माओवादीको पदाधिकारी टुंग्याउने जिम्मा केन्द्रीय समितिलाई

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवसनले केन्द्रीय समितिलाई पदाधिकारी टंग्याउने जिम्मा दिएको छ ।

    images

    आज बसेको बन्दसत्र हलले स्थायी समिति सदस्य देव गुरुङले पेस गरेको विधान मस्यौता पारित गरेपनि पदाधिकारी भने टुंग्याउन सकेन ।

    बन्दसत्र हलमा पदाधिकारी टुंग्याउने विषयमा विभिन्न विकल्पहरु प्रस्तुत भएको थियो ।

    बन्दसत्र हलमा पदाधिकारी प्रतिनिधि, केन्द्रीय समिति वा अन्य विधि कसरी टुंग्याउने भन्ने प्रस्ताव आएपछि केन्द्रीय समितिले टंग्याउने गरी हलले पारित गरेको संविधानसभा सदस्य तथा प्रतिनिधि तारानारायण श्रेष्ठ ‘बिगुल’ले बताए ।

    उनले केन्द्रीय समितिले पदाधिकारी जतिसक्दो छिट्टो टुंग्याउने गरी बन्दसत्र हलले पारित गरेको बताए । अब माओवादी केन्द्रको पदाधिकारी टुंगो विराटनगर मोडलमा गएको छ।

    महाधिवेसन हलले पदाधिकारीको संख्या कति तोक्ने निर्णय गर्न केन्द्रीय समितिलाई जिम्मा दियो।

    अब केन्द्रीय समितिले आफ्नो अनुकूलमा टुंगो लगाउने र चयन गर्न सक्नेछ। यसअघि पनि २०७१ सालमा पनि विराटनगरमा भएको माओवादीको राष्ट्रिय सम्मेलनले केन्द्रीय सदस्य चयन गरे पनि पेरिसडाँडाबाट पदाधिकारीको चुनाव गरेको थियो।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology